क्याम्पस प्रमुख पराजुलीद्वारा क्याम्पस भवन बनाउन पाँच लाख सहयोग

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २७, २०७८
PMC

पोखरा, २६ वैशाख । विवाहको २५ औं वर्षको अवसर पारेर पोखरा बहुमुखी क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफै कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

पोखराको पहिलो सामुदायिक यो क्याम्पसले अहिले पोखरा–९ शान्ति वनबाटिकामा सुविधासम्पन्न र अपांगमैत्री भवन निर्माण गरिरहेको छ ।

क्याम्पस भवन बनाउनका लागि पराजुली र उनका पति परशुराम पौडेलले सहयोग रकमको चेक क्याम्पसलाई हस्तान्तरण गर्नुभयो ।

क्याम्पसका अध्यक्ष नरेन्द्रमान लालचनले सबैतिर आर्थिक सहयोग जुटाएर भवन निर्माणमा जुटेको बताउनुभयो ।

क्याम्पस प्रमुख पराजुलीले सामुदायिक क्याम्पस भएकोले समुदायकै सहयोगको भरमा संचालन हुने अवस्था रहेको बताउनुभयो ।  वैवाहिक वर्षगाठको अवसर पारेर क्याम्पस भवन बनाउनका लागि सहयोग गरेको उल्लेख गर्नुभयो ।

२०४४ मा स्थापना भएको यो क्याम्पसले अहिले नौकरोड रुपैयाँ लागतमा भवन बनाइरहेको छ ।

क्याम्पसमा अहिले स्नातकतहमा चारवर्षे व्यवस्थापन (बिबिएस) र मानविकी (बिए) संकायमा अध्यापन हुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग