‘अब नेपालबाट कम्यूनिष्ट हराउने छन्’

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २६, २०७४
Gopal Man Shrestha

पोखरा, २६ कात्तिक। नेपाली काँग्रेसका नेता, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आउँदो चुनावमा उम्मेदवारको मुख नहेरी काँग्रेसमा मतदान गर्न आग्रह गरेका छन्।

नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १५ को चुनावी प्रचार कार्यालय उद्घाटन पछि बोल्दै उनले संविधान कार्यान्वयन र देशको समृद्धिका लागि काँग्रेसलाई नै विजयी गराउनुपर्ने उल्लेख गरे।

संसारबाट लोप भएको कम्युनिष्टलाई हामीले नेपालमा स्वागत गर्नुछैन, उनी भन्छन्–अहिले मुख हेर्ने हैन, रुख हेर्ने हो । आँखा चिम्लेर चारवटै छाप काँग्रेसको रुख चिह्नमा लाउनुस् ।’उनले भने–‘अनि त्यसपछि नेपालमा पनि कम्युनिष्ट लोप हुनेछन् ।’

कम्युनिष्टको चाहाना साम्यवादी अधिनायकवाद भएको आरोप लगाउँदै उनले कम्युनिष्टको गठबन्धन तोड्नुपर्ने बताए । कम्युनिष्टहरु मिलेर नेपालीले पाएका अधिकार खोसेर एकदलीय शासन ल्याउन खोजेका छन्। काँग्रेससँग जीवन र मरणको सवाल छ, श्रेष्ठले भने–काँग्रेसले मात्रै निकास निकाल्न सक्छ र विकास गर्न सक्छ ।’

Related News

सम्बन्धित समाचार

Archives

Archives