सुत्केरीको मृत्युपछि जिएमसी तनावग्रस्त, आफन्त आन्दोलित, प्रहरीले पारे तितरवितर

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १८, २०७४
GMC 1

रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर अस्पताल, प्रशासन र प्रहरी विरुद्ध नाराबाजीमा उत्रिए ।

शल्यक्रिया मार्फत छोरो जन्माएकी स्याङ्जा अर्जुनचौपारी १ की गीता अर्याललाई शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो । १९ वर्षीया अर्यालको मृत्यु अस्पतालको लापरबाहीले सुत्केरी हुँदैमा भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको आफन्तजनको आरोप छ । अस्पतालले भने खण्डन गरेको छ ।

गत कार्तिक १० गते शुक्रबार बेलुकी जिएमसी पुगेकी अर्यालले भोलिपल्ट शनिबार बिहान ११ बजे छोरो जन्माएकी थिईन् । त्यसपछि पाँच दिनसम्म बेहोस् अवस्थामा भेन्टिलेटरमा थिईन् । मृत्युको खबरपछि आक्रोशित आफन्तले शुक्रबारदेखि अस्पताल प्रशासनमा तालाबन्दी गरेका छन् । अस्पतालनै बन्द गरेका उनीहरुले पछि मात्रै खोलेका थिए । कास्कीका सिडिओकहाँ ध्यानाकर्षणपत्र बुझाउन जाँदा अस्पतालसँग नै कुरा गर्नुस् भनेर नबुझी फर्काईदिएको उनीहरुको गुनासो छ ।

आफन्तजनले दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शब नउठाउने बताएका छन्। शल्यक्रिया डा. टीका गुरुङको टीमले गरेको जेठाजु राजन अर्यालले बताए । अस्पताल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शनिबार मध्यान्ह ठूलो हुलले अस्पताल गेटबाट भित्र छिरी तालाबन्दी गर्ने प्रयास असफल भयो । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए । आफन्तजनले प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गर्दै टायर पनि जलाए । प्रहरीले पछि निभाएका थिए । प्रहरीले बल प्रयोग गरी बन्द नयाँबजार सडक खुलायो भने दुई जनालाई भ्यानमा हालेर लगेपछि भिड तितरबितर बनायो । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, बगरका प्रमुखहरु समेत आएर भिड तितरबितर बनाएका थिए ।

आक्रोशित भिडले प्रहरी र सिडिओ विरुद्ध नाराबाजी लगाउँदै अस्पताल प्रशासनसँग मिलेमतो गरेको आरोप लगाए । सवारी चलाएको भन्दै पत्रकारमाथि पनि केहि उच्छ«ंखल भिडले दुव्र्यवहार गरेका थिए । पाका व्यक्तिहरु आएपछि घटना साम्य भयो ।

पर्वत लुंखुदेउराली माईत भएकी गीताको गत मंसिरमा मात्र बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल वैदेशिक रोजगारीका सिलसिलामा युएईमा छन् । गीता कक्षा १२ मा पढ्दै थिईन् । सकुशल जन्मेका छोरा पोखरा नागढुंगा स्थित आफन्तकहाँ छन् । अस्पताल प्रशासन र मृतकका आफन्तबीच सहमति हुन सकेको छैन । सहमति नभएसम्म शव नबुझ्ने उनीहरुले बताएका छन् ।

अघिल्लो समाचार

जिएमसीमा फेरि सुत्केरीको मृत्यु, एक हप्तासम्म नभनेको आफन्तको आरोप, अस्पताल भन्छ– ‘लापरबाही पुष्टि गर्न चुनौति भो’ (भिडियो )

Related News

सम्बन्धित समाचार

Archives

Archives