LATEST ARTICLES

विद्यालयद्वारा विद्यावारिधी उपाधी हासिल गर्ने पूर्व विद्यार्थी डा. पौडेल सम्मानित

पोखरा, ७ कात्तिक । पोखरा २२ पुम्दीभुम्दीस्थित भगवती आधारभूत विद्यालयले पुम्दीभुम्दी, कालावाङका डा.कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ । सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी पौडेलले नलेज मेनेजमेण्टमा विद्यावारिधी उपाधी हासिल गरेकोमा विद्यालयको गौरव बढेको भन्दै सम्मान गरेको हो । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङ र पूर्व अध्यक्ष तथा नेपाली काँग्रेस पुम्दीभुम्दीका पूर्व इकाइ सभापति राजबहादुर गुरुङले संयुक्त रुपमा डा. पौडेललाई...

काँग्रेसद्वारा डा. पौडेल सम्मानित

पोखरा, ३ कात्तिक । नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समिति पोखरा २२ ले पिएचडी गर्न सफल डा. कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ । पोखरा २२ पुम्दीभुम्दीका जन्मेका पौडेलले नलेज मेनेजमेण्टमा पिएचडी गरी पुम्दीभुम्दीको गौरव बढाएको भन्दै उनलाई सम्मान गरिएको हो । पौडेल नेपाली काँग्रेस शिक्षा विभागका सचिव समेत हुन् । नेपाली काँग्रेसका अग्रज नेता खेमराज पौडेल, इकाइ समिति सभापति होमबहादुर...

तराई सेवा समाज पोखराको वार्षिकोत्सवमा रक्तदान

पोखरा, २ कात्तिक । तराई सेवा समाज पोखराले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा पोखरामा शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । पोखरा महेन्द्रपुलमा आयोजित रक्तदानमा २१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका डिन डा. डिसि अग्रवालले रक्तदान समाज सेवाको उत्कृष्ट कार्य भएको बताए । तराई सेवा समाज पोखराका प्रमुख सल्लाहकार रमेशकुमार झाले नेपालीबीचको सद्भाव शक्ति भएको उल्लेख...

कास्की काँग्रेसद्वारा शुभकामना,  सरकारले चाडपर्वमा महंगी नियन्त्रण गर्न नसकेकोमा चिन्ता व्यक्त

पोखरा, १ कात्तिक । नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् । कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै चाडपर्व मनाउन आग्रह गरिएको छ । विज्ञप्तिमा...

शान्ति पत्रकारिता पुरस्कार लौडारीलाई

पोखरा, २३ असोज । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ । पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता÷माता पूर्णप्रसाद÷मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा गठित...

स्थानीय तह कर्मचारी युनियन नेपाल पोखरा महानगरपालिकाद्वारा सुझाव सहित सात बुँदे माग पेश

पोखरा, २१ असोज । स्थानीय तह कर्मचारी युनियन नेपाल, पोखरा महानगरपालिका इकाइ समितिले विभिन्न सुझाव सहित सात बुँदे माग पेश गरेको छ । इकाइ समितिका अध्यक्ष इ.अमिर भण्डारीले पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई सुझाव सहितको माग पेश गरेका थिए । युनियनले महानगरबासीको हित तथा महानगरपालिकाका सम्पूर्ण कर्मचारीको वृत्ति विकास र पोखरा महानगरको नीति निर्माण तथा कार्यन्वयनमा मुख्य भूमिका खेलिआएको...

उपचारका लागि विशाललाई आर्थिक सहयोग

पोखरा, २० असोज । सर्पको टोकाइबाट घाइते भइ उपचारका क्रममा रहेका मादी गाउँपालिका वडा नं ६ का १३ वर्षीय विशाल पौडेललाई आर्थिक सहयोग गरिएको छ । मादी गाउँपालिका वडा नं ६ निवासी युवा नेता खिमबहादुर जिसीको पहलमा संकलित ३ लाख ८७ हजार चार सय ३८ रुपैया आर्थिक सहयोग गरिएको हो । स्वदेश तथा विदेशमा रहेका करीब एक सय सात जनाबाट...

फेरी सभापतिमा उठ्दिन – केसी

पोखरा, १८ असोज । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको १४ औ महाधिवेशनमा फेरी सभापति बन्नका लागि उम्मेद्वारी नदिने बताएका छन् । सभापतिमा दोहो¥याउन खोजिरहेको भन्ने चर्चा चलिरहेका बेला आउँदो महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी नहुने उनले स्पष्ट पारेका छन् । १३ औं महाधिवेशनमा नै उनले एकपटक मात्र नेतृत्व गर्ने प्रष्ट पारेपनि १४ औं महाधिवेशन नजिकिदै गर्दा फेरी सभापतिमा उम्मेद्वारी दिने...

प्रजातन्त्र सेनानी गुरुङको निधन

पोखरा, १८ असोज । कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ निवासी प्रजातन्त्र सेनानी धुली गुरुङको निधन भएको छ । ८१ वर्ष को उमेरमा शनिवार पोखरा १३ वीपी मार्गस्थित निवासमा निधन भएको हो । उनको आइतबार पोखरा तुल्सीघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको चार तारे झण्डा ओढाएका थिए ।...

मियापाटनका ५० बढी काँग्रेस प्रवेश

पोखरा, १८ असोज । पोखरा १३ मियापाटनका ५० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल पोखरा १३ इकाइ समितिले गरेको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा र कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टी सदस्यता प्रदान गरेको नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङ‘माइला’ले जानकारी दिए । नेपाली काँग्रेस मात्रै भरोसा गर्न लायक पार्टी...