पोखराको लेकसाइडमा जिप र मोटरसाइकल दुर्घटना

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २१, २०७४
lakside-acc

पोखरा, २१ कात्तिक / पोखरा ६ लेकसाइड स्थित डिहिको पाटनमा दुर्घटना हुदाँ एक विदेशी सहित ३ जना घाईते भएका छन् ।

ग२च ३३०५ नम्बरको जिप र ग४प ६४४९ मोटरसाईकल ठक्कर खादाँ ३ जना घाईते भएका हुन् ।

मोटरसाईकल चालक पोखरा लेखनाथ महानगर पालिका ५ बस्ने वर्ष ३४ काजी गुरुङ, पोखरा ६ डिहिकोपाटन बस्ने वर्ष ३४ को गौतम गुरुङ र पैदल यात्री स्वइजरल्याडकी २६ वर्षिय लारा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको पोखरा मेट्रोसिटि अस्पताल पोखरामा उपचार भएको प्रहरीले जानकारी दिएको छ । तीन मध्ये गौतमको अवस्था सामान्य रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives