पोखरामा आज बिजुली आउँदैन, हेर्नुहोस् कुन-कुन ठाउँमा लाईन कट् हुँदैछ

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ८, २०७४
Pokhara (2)

पोखरा, ९ कार्तिक / पोखराका विभिन्न ठाउँमा आज विहीबार विद्युत अवरुद्ध हुने हुँदैछ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले बिहीबार चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ ।

छठ पर्वको दिन प्राधिकरणले विद्युतको नियमित मर्मत सम्भार गर्ने जनाउदै तीन वटा फिडरमा विद्युत आपूर्ति बन्द रहने बताएको छ । प्राधिकरणका अनुसार विहान ८ बजेदेखि १२ बजेसम्म बैदाम, एयरपोर्ट र सराङकोट फिडरको विद्युत आपूर्ति बन्द हुनेछ ।

विजुलीको तारमा अड्किएका र अडकिने सम्भावना रहेका रुखका हाँगाविगा काट्ने तथा कन्डक्टर अपग्रेड गर्न लागेकोले ती स्थानमा विद्युत आपूर्ति बन्द रहने प्राधिकरणका सूचना अधिकारी सुरेन्द्र शर्माले बताए ।

‘सिर्जनाचोक अवस्थित ठुलो रुखले तार छोएकाले रुखको हाँगा काट्न तथा कन्डक्टर अपग्रेड गर्नको लागि विद्युत अवरुद्ध गर्नु परेको हो, मर्मत छिटो सकिए विद्युत आपूर्ति शुरु हुन्छ’, शर्माले भने ।

लोडसेडिङ हटेपछि पोखरामा दिवा समयामा यति लामो समय विद्युत आपूर्ति बन्द भएको थिएन ।

पोखरा न्युज

Related News

सम्बन्धित समाचार

Archives

Archives