रिले अनशन : ‘पृथ्वीचोकमा शालिक राख्नै परेमा पृथ्वीनारायण शाहको राख’

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १६, २०७४
Prithvi-Narayan-Shah-1

पोखरा, १६ कार्तिक / पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिको आयोजनामा बुधबारदेखि रिले अनशन सुरु भएको छ । पृथ्वीचोकमा लखन थापाको शालिक स्थापना गरिएकोमा त्यसो नगर्न भन्दै महानगर कार्यालयको गेटै नजिक बिहान ९ नै बजेदेखि अनशन सुरु गरेका हुन् ।

पृथ्वीनारायण शाहको शालिक पुनस्र्थापना संघर्ष समितिका प्रतिनिधि, विश्व हिन्दू महासंघ कास्की, स्थानीय आमा समूहका प्रतिनिधि तथा बिभिन्न सामाजिक संघ÷संस्थाका अगुवाहरु अनशनमा बसेका छन् ।

समितिका सचिव अशिल कुमार शाहीले आफूहरुले रहर नभई बाध्यतावस अनशनमा बस्नु परेको धारणा राखे । उनले भने ‘महानगरले दोहोरो चरित्रको निर्णय ग¥यो’ । महानगरले भन्ने एक गर्ने अर्को गरेको कारण आफूहरु आन्दोलनमा होमिन परेको बताए । उनले पृथ्वीचोकमा शालिक राख्नै परेमा पृथ्वीनारायण शाहको शालिक राख्न आग्रह गरे । उनले सोही ठाउँमा शाहको शालिक नराखेता पनि अन्य ठाउँमा लगेर राख्नुपर्नेमा जोड दिए ।

संघर्ष समितिले २० गते साझ राँके जुलुस र कात्तिक २१ गतेदेखि अनिश्चतकालीन पोखरा उपत्यका बन्दको घोषणासमेत गरेको छ । पृथ्वीचोकमा लखन थापाको शालिक स्थापना गरिएकोमा संघर्ष समितिका अध्यक्ष शंकर खराल र अन्य २ जनाले उच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।

मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र मगर संघ कास्कीलाई विपक्षी बनाइएको छ । बहसपछि अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश श्यामजी प्रधानको एकल इजलाशले उक्त आदेश जारी गरेको थियो । शालिक राख्ने नै हो भने पृथ्वीनारायण शाहको शालिक राख्न रिटमा माग गरिएको छ । बहसमा निवेदकको तर्फबाट माधव बास्तोला, गीता आचार्य, भरतराज पौडेल, खिमबहादुर थापाले बहस गरेका थिए ।

समितिले यस भन्दा अगाडि मोटरसाइकल ¥याली, कोणसभा, जनप्रदर्शन गर्दै आएको छ । काम रोक्न उच्च अदालत पोखरामा रिट दर्ता भएपनि लखन थापाको अर्धकदको शालिक सोही स्थानमा स्थापना गरिसकिएको छ ।

Samadhan

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives