खेलकुद पत्रकारलाई सम्मान, पोखरा रंगशालामा खेलकुद सूचना केन्द्र स्थापना हुने

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
NSJF samman

मज्जाको न्युज पोखरा, ३२ जेठ / पोखरा रंगशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हलमा खेलकुद सूचना केन्द्र स्थापना हुने भएको छ ।

आगामी १३ औं साग खेलकुद प्रतियोगितामा पोखरामा ७ खेल हुने पक्का भएपछि यसै अवसरमा खेल गतिविधिको समाचार सम्प्रेषणमा पत्रकारलाई सहज होस् भन्ने उद्देश्यले उक्त हलमा छुट्टै खेलकुद सूचना केन्द्र स्थापना हुने भएको हो । केन्द्र स्थापनाले आगामी दिनमा समग्र पश्चिमाञ्चल क्षेत्रको खेल गतिविधि सम्प्रेषणमा सहज पुग्ने अपेक्षा गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको नेपाल खेलकुद पत्रकार मंच कास्कीको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उक्त कुरा उद्घोष गरिएको हो । पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै कभर्ड हल निर्माण सम्पन्न भएपछि मंचको माग बमोजिम उक्त खेलकुद सूचना केन्द्र स्थापना गरिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार उक्त केन्द्रमा कम्तिमा ७ वटा कम्प्युटर राखी इमेल इन्टरनेट सुविधा दिइने बताए ।

यस विषयमा जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङले पनि सहमति जनाउँदै सक्रियतापुर्वक लाग्ने बचन दिए। उनले यसबारेमा आफूले यसअघि नै राखेपसँग पहल गरिरहेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि पौडेलले राजधानीबाहिर सबैभन्दा बढी पोखराका पत्रकारले सक्रियरुपमा खेल गतिविधिलाई मिडियामा ल्याउने गरेको बताए । उनले पत्रकार र आफूहरु नङ र मासुको सम्बन्धको रुपमा रहेको उल्लेख गरे ।

20160614_153529

जिल्ला अध्यक्ष गुरुङले पोखरा खेलकुदको उर्वरभूमि रहेको बताउँदै समग्र खेल गतिविधिमा नयाँ कार्यसमिति सक्रिय भइ लाग्नेमा शुभकामना दिए । जिल्ला र क्षेत्रीयमा नयाँ पदाधिकारी आइसकेपछि आफूहरुले खेलकुदका पूर्वाधार निर्माणमा तीब्रता दिएको बताए । उनले बुधबार पोखराको मालेपाटनस्थित मालेपाटन खेल मैदान निर्माणको शिलान्यास गरिने जानकारी समेत दिए ।

खेलकुद पत्रकार मंच कास्की अध्यक्ष केशव पाठकले २०५७ सालमा मंच स्थापना भएपछि समग्र खेल गतिविधि उजागर गर्ने प्रयासमा मंच लागीपरेको बताए । आगामी साग खेल तयारी रहँदा यहाँ मिडिया सेन्टर स्थापना हुनुपर्नेमा जोड दिँदै पोखरा स्पोर्टस् अवार्डम नयाँ कार्यसमितिलाई थप चुनौती थपिएको बताए ।

उक्त अवसरमा मंचका पदाधिकारीलाई क्षेत्रीय अध्यक्ष पौडेल र जिल्ला अध्यक्ष गुरुङले माला र अविर लगाएर बधाई तथा सम्मान गरेका थिए । साथै राष्ट्रिय बायो लोकदोहोरी अवार्डअन्तर्गत दोहोरी साँझ गायक विधामा उत्कृष्ट हुन सफल लोकदोहोरी गायक जीवन दाहाललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम संचालन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives