पोखरालाई तिहारमा मात्रै ६० लाखको फूल

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ७, २०७४
Mala

प्रकाश ढकाल पोखरा, असोज २९ । फूलको पर्वको रुपमा लिईने तिहारमा पोखरामा यसबर्ष ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउने उनको अनुमा छ । ‘पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानहरु निकै बढेका छन् ।

यस क्षेत्रमा फूलको ब्यापार केन्द्र नै पोखरा हो, द्धाले भने–विस्तारै पोखरा फूलमा आत्मनिर्भर हुँदैछ । केही बर्षमा भारतीय फूल नै नझार्ने अवस्था बन्न सक्छ ।’ अघिल्ला बर्षहरुमा २५ देखि ३० प्रतिशत सयपत्री तिहारका लागि मात्रै भारतबाट आयात हुन्थ्यो । पोखरामा तिहारका लागि मात्रै झण्डै ६० लाखको हाराहारीमा फूल विक्रि हुने अनुमान छ ।

‘हामीसँग एकिन तथ्याकं त छैन । अघिल्ला बर्षमा बेचिएका फूल मुल्याकंन गरेर अनुमान लाउने हो, उनी भन्छन्–तिहार मनाउन गाउँदेखि शहरमा झर्ने चलन छ । यसले पनि ब्यापार बढी नै हुन सक्छ ।’ अहिले नर्सरीमा भन्दा पनि तिहार लक्षित गरी सयपत्री फूलको खेति गर्ने किसानहरु बढेका छन् । पोखरामा व्यावसायिक फूलखेती गर्ने किसान ३५ को हाराहारीमा छ । ति सबै फ्लोरिकल्चर एशोसियन कास्कीमा सूचीकृत छन् । यहाँ तिहार र प्रणय दिवसका दिन अपुग हुने भएपछि भारतीय फूलहरु खपत हुन्छन् ।

यहाँ कास्की सहित स्याङजा, बागलुङ, गोरखा, धादिङ लगाएतका ठाउँबाट फूल आयात हुन्छन् । यस क्षेत्रमा करिब ३०० प्रजातिका पूmलको व्यवसायिक खेती हँुदै आएको छ । कास्कीको कालिका, लाहाचोक, घाचोक, भरतपोखरी, शिसुवा लगाएतका ठाउँमा फूल खेति बढेको छ । जिल्ला कृषि विकास कार्यालयले पनि कालिका, लाहाचोक तथा पोखरा १७ बिरौटामा फूलको नर्सरी स्थापना गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives