प्रदेश-४ मा वामपन्थीको सिट बाँडफाँट (नामावलीसहित)

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १३, २०७४
Uml Moist

पोखरा, १३ कार्तिक: ४ नम्बर प्रदेशका जिल्लामा वाम गठबन्धनले उम्मेदवार बाँडफाँटको टुंगो लगाएको छ । उम्मेदवार छनोट कार्यदलले प्रदेश नम्बर ४ का टुंगो लाग्न बाँकी जिल्लाको छिनोफानो आइतबार साँझ गरेको हो ।

वाम गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ तथा केही समानुपातिक सिट बाँडफाँटको टुंगो लगाएका हुन् । शीर्ष तहमा शुक्रबारदेखि छलफल भए पनि आइतबार प्रत्यक्षतर्फ र एमालेले समानुपातिकको समेत बन्द सूची तयार पारेको छ । दलका शीर्ष नेताबीच शुक्रबारदेखि ४ नम्बर प्रदेशका प्रतिनिधि सभाका १८ र प्रदेश सभाका ३६ सिटको बाँडफाँट टुंगो लागेको हो ।

प्रदेश ४ बाट प्रतिनिधि सभाको १८ सिटमध्ये १३ एमालेको भागमा परेको छ भने माओवादीको भागमा ५ सिट परेको छ । प्रदेश सभाको ३६ सिटमध्ये १९ एमाले, १५ माओवादी र २ राष्ट्रिय जनमोर्चाले पाएको छ ।

कास्कीमा १ प्रतिनिधि सभासहित २ प्रदेशको माग गरिरहेको माओवादी केन्द्रले प्रदेशका ३ सिट पाएको छ । एमालेको उम्मेदवार छनोट कार्यदलले माओवादीलाई कास्कीमा प्रदेश सभाका २ सिटमात्र दिने भने पनि माओवादीले अस्वीकार गरेको थियो । कास्की माओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई नै भेटेर १ प्रतिनिधि सभासहित ३ सिट मिलाउन आग्रह गरेका थिए । प्रतिनिधि सभा माओवादीको भागमा नपरे पनि माओवादीले प्रदेश सभाका ३ सिट पाएपछि कास्कीको टुंगो लागेको हो । २ सिटमात्रै दिने एमाले प्रस्तावमा आनाकानी गर्दै कास्की माओवादी नेताले बरु ९ सिट नै एमालेलाई छाड्ने घुर्की देखाएका थिए ।

माओवादीले पाएको ३ सिटमा कास्की इन्चार्ज राजकाजी गुरुङ करण, पूर्व इन्चार्ज भलकपाणि तिवारी र रामजी बराललाई टिकट दिने स्रोतले बताएको छ । कास्की क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा झलकपाणि, क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा राजकाजी गुरुङ र क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा रामजी बरालको नाम रहेको स्रोतले बताएको छ । समानुपातिकमा सिफारिस भएका झलकपाणिले नाम फिर्ता लिएपछि क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा टिकट पाउन सक्ने बताइएको छ । यद्यपि अन्तिम टुंगो भने लागिसकेको छैन ।

प्रतिनिधि सभामा कास्की क्षेत्र नम्बर १ बाट एमाले नेता खगराज अधिकारी, २ बाट रवीन्द्र अधिकारी र ३ बाट जगत विश्वकर्माले टिकट पाउने बताइए पनि आइतबार रातिसम्म औपचारिक नाम सार्वजनिक गरिएको थिएन । खगराज र रवीन्द्रका विषयमा पक्का भए पनि जगतका विषयमा अन्तिम टुंगो नलागेको स्रोतले बताएको छ ।

प्रदेश सभामा एमालेतर्फबाट उम्मेदवारको पनि सोमबारसम्म अन्तिम टुंगो लगाउने तयारी भइरहेको छ । एमालेले ४ नम्बर प्रदेशमा प्रदेश सभाको समानुपातिकतर्फ जनजाति महिला, जनजाति पुरुष, खसआर्य महिला, खसआर्य पुरुष, दलित महिला, दलित पुरुष र अपांग को बन्द सूची तयार पारेको छ । सूचीमा प्राथमिकता अंकक्रमका आधारमा राखिने एमालेले जानकारी दिएको छ ।

…………

४ नम्बर प्रदेशमा वाम गठबन्धनको सिट बाँडफाँट

प्रतिनिधि सभा–१८ सिट
१३ सिट एमाले
५ सिट माओवादी
…..
प्रदेशसभा–३६ सिट
१९ सिट एमाले
१५ सिट माओवादी
२ सिट जनमोर्चा
….
प्रदेश सभा (समानुपातिक) एमालेको बन्द सूची
जनजाति महिला
१ मित्रकुमारी गुरुङ कास्की
२ गजकुमारी गुरुङ कास्की
३ सावित्रा थापा बागलुङ
४ मीनाकुमारी गुरुङ कास्की
५ मीना गुरुङ कास्की
६ पद्मा जिसी नवलपुर

जनजाति पुरुष
१ विजय गुरुङ पर्वत
२ चन्द्रमोहन गौचन मुस्ताङ
३ होम थापामगर तनहुँ
४ कृष्ण लामिछाने स्याङ्जा
५ प्रतापलाल श्रेष्ठ तनहुँ

खसआर्य महिला
१ सिर्जना शर्मा कास्की
२ प्रभा कोइराला कास्की
३ यशोदा रिमाल लमजुङ
४ पुष्पा केसी भण्डारी कास्की
५ तारा शर्मा स्याङ्जा

खस आर्य पुरुष
१ मायानाथ अधिकारी लमजुङ
२ भीम कार्की कास्की
३ मोहनलाल शर्मा बागलुङ

अपांग
भोलानाथ शर्मा पर्वत

दलित महिला
१ जुनादेवी नेपाली पर्वत
२ लक्ष्मी विक नवलपुर

दलित पुरुष
१ गोविन्द नेपाली बागलुङ
२ कृष्णकुमार नेपाली गोरखा

जिल्लामा वामपन्थीको भागबन्डा

पर्वत
प्रतिनिधि सभामा एमाले
प्रदेश सभा क्षेत्र नं १ मा माओवादी
प्रदेश सभा क्षेत्र नं २ मा एमाले

स्याङ्जा
प्रतिनिधि सभा क्षेत्र नं १ मा एमाले
१ को १ मा माओवादी
१ को २ मा एमाले
प्रतिनिधि सभा क्षेत्र नं २ मा एमाले
प्रदेश सभा २ को १ मा एमाले
प्रदेश सभा २ को २ मा माओवादी

कास्की
प्रतिनिधि सभा क्षेत्र नं १ मा एमाले
क्षेत्र १ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं १ को प्रदेश सभा २ मा एमाले
कास्की प्रतिनिधि सभा क्षेत्र नं २ मा एमाले
क्षेत्र नं २ को प्रदेश सभा १ मा एमाले
क्षेत्र नं २ को प्रदेश सभा २ मा माओवादी
प्रतिनिधि सभा क्षेत्र नं ३ मा एमाले
क्षेत्र नं ३ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं ३ को प्रदेश सभा २ मा एमाले

नवलपुर
प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी
क्षेत्र नं १ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं १ को प्रदेश सभा २ मा एमाले
प्रतिनिधि सभा क्षेत्र नं २ मा एमाले
क्षेत्र नं २ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं २ को प्रदेश सभा २ मा एमाले

तनहुँ
प्रतिनिधि सभा क्षेत्र नं १ मा एमाले
क्षेत्र नं १ को प्रदेश सभा १ मा एमाले
क्षेत्र नं १ को प्रदेश सभा २ मा माओवादी
प्रतिनिधि सभा क्षेत्र नं २ मा एमाले
क्षेत्र नं २ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं २ को प्रदेश २ मा एमाले


लमजुङ
प्रतिनिधि सभामा माओवादी
प्रदेश सभा १ मा एमाले
प्रदेश सभा २ मा एमाले

गोरखा
प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी
क्षेत्र नं १ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं १ को प्रदेश सभा २ मा एमाले
प्रतिनिधि सभा क्षेत्र नं २ मा माओवादी
क्षेत्र नं २ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं २ को प्रदेश सभा २ मा माओवादी

मनाङ
प्रतिनिधि सभामा एमाले
प्रदेश सभा १ मा एमाले
प्रदेश सभा २ मा एमाले

मुस्ताङ
प्रतिनिधि सभामा एमाले
प्रदेश सभा १ मा एमाले
प्रदेश सभा २ मा एमाले

बागलुङ
प्रतिनिधि सभा क्षेत्र नं १ मा एमाले
क्षेत्र नं १ को प्रदेश सभा १ मा एमाले
क्षेत्र नं १ को प्रदेश सभा २ मा जनमोर्चा
प्रतिनिधि सभा क्षेत्र नं २ मा माओवादी
क्षेत्र नं २ को प्रदेश सभा १ मा माओवादी
क्षेत्र नं २ को प्रदेश सभा २ मा जनमोर्चा

म्याग्दी
प्रतिनिधि सभा एमाले
प्रदेश सभा १ मा माओवादी
प्रदेश सभा २ मा एमाले

समाधानका लागि अमृत सुवेदीको समाचार

Related News

सम्बन्धित समाचार

Archives

Archives