भाइरल भएको एउटा पेनाल्टी, २०–१९ गोलले विजयी खेल (भिडियोसहित)

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ८, २०७४
Penalty

कात्तिक ८ – गत शनिबार थाइल्यान्डको स्थानीय युथ-१८ कप फुटबलमा भएको पेनाल्टी अहिले विश्व फुटबल प्रेमीमाझ भाइरल भइरहेको छ । बैंककमा बैंकक स्पोर्ट्स क्लब र सात्री आङथोङ क्लबबिचको सेमिफाइनल खेलमा  निकै रोमाञ्चक पेनाल्टी सुट हेर्न पाइयो ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएको खेलमा निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा बैंकक २०–१९ गोल अन्तरले विजयी भयो । १९–१९ गोल हुँदा बैंककका एक खेलाडीले हानेको पेनाल्टी प्रहार विपक्षी गोल पोष्टको माथिल्लो बारमा लागेर फर्किएको थियो ।

https://youtu.be/fubfPOxW_Hs

पेनाल्टी बारमा लागेर रोकिएको ठानेर खुशी मनाएका सात्री क्लबमा किपरको खुशी धेरैबेर टिक्न पाएन । बारमा लागेर आएको बल भुँइमा ठोक्किँदै पोष्टभित्रै पस्यो र गोल भयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives