माछापुच्छ«े गाउँपालिकालाई खबरदारी गर्दै काँग्रेस

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १६, २०७७
machhapuchhre

पोखरा, १६ मंसिर । माछापुच्छ्रे गाँउपालिकाले मनोमानी ढंगले काम गरेको भन्दैे खवरदारी गर्न नेपाली काँग्रेस गाउँपालिका पुगेको छ ।

गाउँपालिकाका पछिल्ला गतिविधिप्रति खबरदारी गर्दै नेपाली काँग्रेस माछापुच्छ्रे गाँउपालिकाले ९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

काँग्रेस माछापुच्छ्रे गाउँपालिका सभापति मधुसुुदन अधिकारी र स्थानीय तह समन्वय विभाग केन्द्रीय सदस्य टेकनशोभा गुरुङले गाँउपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएको सचिव राजेन्द्र क्षत्रीले जानकारी दिए ।

ज्ञापनपत्रमा कोरोना नियन्त्रणमा योजना बनाउन माग गर्नुको साथै भुकम्पबाट क्षति भएको घरको पुनःनिर्माणको रकममा ढिला सुस्ती भएको, सामाजिक सुरक्षा भत्ता काटिएको, योजना अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन र गाँउपालिकाको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक नगरेकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives