मियापाटनमा रक्तदान हँुदै

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २०, २०७७
blood banner

पोखरा, २० कात्तिक । इस्लाम धर्मका अन्तिम तथा महान् सन्देष्ठा हजरत मोहम्मद(सल्लल्लाहु अलैहि वसल्लम)को १४९५ औ शुभ जन्मोत्सवको अवसरमा पोखरामा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

नेपाल मुस्लिम युवा समितिले पोखरा १३ मियापाटनस्थित तल्लो चौतारामा कात्तिक २२ गते शनिवार रक्तदान कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको तयारी तिव्र पारिएको छ ।

कोरोना भाइरसको संक्रमणसँगै रगत अभाव भैरहेका बेला रक्तदान कार्यक्रमले रगत संकलनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives